डढेलोले पुर्याएको क्षतिप्रति मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह
पाेखरा | बैशाख १७, २०८१
पोखरा: विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागी सकेको तथ्यांक प्राप्त भएको छ।
यसका कारण कैयौं जङ्गली जीवजन्तुको मृत्यु भएको र बास स्थान मासिएको तथा मानव समेत घाइते भएका विवरणहरू समेत प्राप्त भएका छन्। यो क्रम निरन्तर जारी रहेमा वातावरणीय प्रदुषण बढ्नुका साथै मानव बस्ती समेत जोखिममा पर्ने र वायुप्रदुषणको स्तर अत्याधिक बढ्दै जाने देखिन्छ।
यसरी फैलिरहेको डढेलो र त्यसले गराएको प्रदुषणप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चिन्ता व्यक्त गर्नुभएको छ । सोमबार एक अपिल जारी गर्दै उहाँले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशबासी सचेत हुनुपर्ने आवश्यकता देखिएको समेत बताउनुभएको छ।
डढेलोले पर्यावरण, जडिबुटी, ठुलो मात्रामा काठ दाउरा, चराचुरुङ्गी वन्यजन्तु, पूनरुत्पादित साना विरुवामा नोक्सान गरी जैविक तथा पर्यावरणीय क्षति बढाउदै जनजीवनमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारेको मुख्यमन्त्री अधिकारीको उल्लेख गर्नुभएको छ ।
वनजंगलमा रहेका खानेपानीका पाइपलाइनमा नोक्सानी पुर्याउनुका साथै वन जंगलसँग जोडिएका बस्तीमा थप जनधनको क्षति हुनसक्ने सम्भावना बढाएको छ। सुख्खा तथा हावाहुरी चल्ने यो मौसममा आगलागी र डढेलोको जोखिम बढ्दो छ। यी घटनाक्रमहरूले प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ र चिन्ता समेत बढाएको छु मुख्यमन्त्री अधिकारीले जारी गर्नुभएको अपिलमा भनिएको छ।
आफ्नो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको रक्षा गर्नु सबैको दायित्व र कर्तव्य भएकोले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशबासी सचेत हुनुपर्ने आवश्यकता देखिएको उहाँले खुलाउनुभएको छ ।
विपत्ति आइपरेमा भने सरकारका विपद व्यवस्थापन संयन्त्रहरू उद्धारका लागि हरहमेसा तम्तयार रहेको भन्दै तत्काल सम्बन्धित ठाउँमा खबर गर्न आग्रह समेत गर्नुभएको छ ।
'डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदुषणको जोखिम रहिरहने, सिमसार सुक्ने, बाढी पहिरो समेतको जोखिम बढ्ने हुनाले यस्ता दुःखद प्राकृतिक विपत्तिबाट जोगिन विशेष सावधानी अपनाउनुहुन र कसैगरी त्यस्ता विपत्ति आइपरेमा सरकारका विपद व्यवस्थापन संयन्त्रहरू उद्धारका लागि हरहमेसा तम्तयार रहेको हुँदा तत्काल सम्बन्धित ठाउँमा खबर गर्नुहुन गण्डकी प्रदेशबासी सबै दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु'अपिलमा भनिएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

